यौन इच्छा कसरी संचालित हुन्छ ?

प्राकृतिक रुपमा सबै व्यक्ति मा यौनइक्षा हुन्छ |भोक ,निन्द्रा ,प्यास जस्तै यौन पनि आबस्यक कुरा हो मानब जिबन को लागि |यसलाई प्राकृति ले नै दिएको छ |सामान्य भाषामा यौन सम्पर्क राख्ने वा यौन तनाब शान्त पर्ने इक्षालाई यौनइक्षा भनिन्छ |यो सबै आधारभूत कुरा भएकाले मस्तिस्क मा यसलाई प्राचिन मस्तिस्क को भाग ले संचालन गर्दछ |प्राणी हरु ओ विकासक्रम हेर्ने हो भने यो प्राचिन मस्तिस्क करोडौ वर्ष पहिले नै बिकसित भएको देखिन्छ | मानब मस्तिस्कको अन्य थप भाग बिकसित हुदै गए पनि प्राचिन मस्तिस्क ले आझै अन्य प्रणालीमा जस्तै महत्तोपूर्ण भूमिका खेलिरहेको छ | यौनसम्पर्क बाट नै जिबन को सुरुवात भएका हामी सबैका लागि यौन सम्पर्क गरेर बम्सज को निरन्तरता लाई साथ दिनु प्राकृतिक नियम को पालना गर्नु हो |हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पति हो,तर अहिले पहिले को जस्तो बम्स निरन्तरता को लागि धेरै सन्तान जन्माउनु पर्ने आबस्यक छैन |त्यसैले यसको प्रयोग आनन्द को लागि बढी हुने गरेको पाइन्छ | मोटामोटी रुप मा हेर्दा यौन इक्षाको संचालन मा भिभिन्न प्रणाली सकृय देखिन्छ | एक त इन्डरोक्राइन सिस्टम आन्तर्गतका रागरसहरुले तेसको संचालन मा महत्तोपूर्ण भूमिका खेल्छन भने आर्कातर्फ इद्रिय प्रणालीका साथ मा स्नायुप्रणाली | पहिले इन्डरोक्राइन प्रणाली ले क्रिया संचालनमा भूमिका निर्बाह गर्दछ |

रागरस [हर्मोन ] को प्रभाब यौन इक्षा जाग्ने {बिकसित हुने} कार्य वा तेसको व्यग्रता मा रागरस आर्थात हर्मोन को भूमिका महत्तोपुर्ण हुनेगर्दछ |यौन क्रियालप मा भन्दा टेस्टेस्टेरोन ले यौन इक्षा वा यौन व्यग्रता लाई बढी प्रभाब गरेको हन्छ |
इद्रियहरुका कुरा यौन क्रिया को लागि हाम्रा इद्रिय हरु ले महत्तोपुर्ण भूमिका खेल्ने गर्दछन | यौन उतेजना का लागि हाम्रा इन्द्रिय हरु नभई नहुने कुरा हुन् | हाम्रो सरिरले कसरि आनन्द प्राप्त गर्छ भन्ने कुरा नै एन्द्रिकता हो | यो हाम्रो सरिर को पाच इन्द्रिय दृस्टी , स्पर्स , धोनी , गन्ध र स्वादसाग सम्भंधित कुरा हो | यसमध्ये कुनै इन्द्रिय बाट आनन्द प्राप्त गर्नु नै एन्द्रिकता हुन सक्छ |यौन सम्पर्क पनि एक बिशेस किसिम को स्पर्स नै हो |

मस्तिस्क आफ्नै कुरा : यौन सम्पर्क लाई ‘सरिरिक सम्बन्ध’ भनिदै आए पनि यसको मानसिक पाटो एकदमै महत्तोपूर्ण हुन्छ | यौनउत्तेजना को श्रोत जेसुकै भएपनि अन्तिम रुपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिस्क ले नै गरेको हुन्छ |बैज्ञानिक दृष्टिकोण ले हेर्ने हो भने यौन उत्यजनालाई ‘स्नायु प्रणाली तथा यौनाङ्ग संलग्न एक जटिल प्रकृया को कृयासिललता हो’ भनेर परिभाषित गर्न सकिन्छ | हामीलाई थाहा नै छ , यौन सम्बन्धि हाम्रा भाबना हरु मस्तिस्क बाट सुरुहुन्छन | यसरी सोच्ने हो भने मस्तिस्क नै सबै भन्दा यौन अंग हो हामीमा सोभाबिक रुप मा नै विचार, भावना अनि स्मरण आउछन , तर ति कुरा एउटा जटिल प्रक्रिया बाट संचालित हुन्छन | य्पू उत्तेजना कुनै इद्रिय को संलग्नताबिना नै हुन सक्छ | परिकल्पना बाट नै यौन उत्यजना उत्पन्न हुन सक्छ |

के यौन इच्छा नै नहुन सक्छ ? 
यौन इक्षा प्रकृतिक एबम मानिस को आधारभूत आबस्यकता भए पनि हामी सबै को रुची यस प्रति भएपनि सबैमा यसप्रति रुची वा चाख एकनास ओ हुदैन | कुनै व्यक्ति मा यसको यौन इक्षा कम हुन्छ भने कुनै व्यक्ति मा बढी हुने गर्छ | सामान्य वा मात्रा को यौन व्यवहार कति हो भन्न गारो छ | किन भने यो कुरा व्यक्ति – व्यक्ति आनुसार फरक-फरक हुन्छ | यद्यपी सामान्य भन्दा बढी वा कम यौन इक्षा हुन सक्छ | कुनै व्यक्ति मा कम यौन इक्षा [hypoactive sexual desire] को स्थिति भन्नाले यौ सम्पर्क राख्न्न चाहना , यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुइ पटक भन्दा कम भएको आबस्था लाई जनाउछ , तर तेसो भन्दै मा महिनामा एक पल्ट मात्र यौन सम्पर्क राख्ने जोडी लाई यो यो समस्या बाट पिडित भनिहाल्न मिल्दैन , यदी दुवै जना यसमा सन्तुस्ट छन् भने त्यसलाई कतिपय बिसेसज्ञ हरु ले यौन इक्षा कम भएको भनेर त्यतिबेला सम्म भन्दैनन् जति बेला सम्म यो कुरा ले सम्भंधित जोडी लाई यसको कारण ले समस्या पारेको हुदैन |

के गर्ने त ? 
पहिले त तपाई लाई यौन इक्षा नहुने कारण पत्ता लगाउनु पर्छ | तर आफ्नो बारेमा अति नै थोरै जानकारी दिनुभएकाले समाधान को उपाय बताउने स्थिति छैन | तपाई बिबाहित वा नियमित यौन साथी का साथ हुनुहुन्छ वा हुनुहुन्नाब भन्ने कुरा पनि थाहा भएन | फेरी तपाई ले यौन सम्पर्क को चाहना नहुने बाहेक अन्य यौन क्रियालपए सम्बन्धमा कुनै जानकारी दिनुभएको छैन | तपाइले ह्सतामैथुन गर्ने गर्नु भएको छ कि छैन तथा सोप्न दोष हुन्छ कि हुदैन भन्ने बिसयमा पनि केहि उल्लेख गर्नु भएको छैन ,अनि तपाई को शारीरिक विकास सामान्य छ कि छैन भन्ने बिसयमा पनि केहि भन्नु भएको छैन | रागरससम्बन्धि वा इन्द्रियसम्बन्धि खराबी वा मानसिक पक्ष का खराबी तपाइको समस्या को कारण हुन सक्ने भएकाले त्यसको निक्योल गर्नु पर्छ | हाम्राकतिपय यौन सम्बन्धि भावना यौन उत्यजक हुन्छन भने आर्कथरी दमन गर्ने वा अबरोध पुर्याउने किसिम का हुन्छन यौ उत्यजना मा कमि हुने यौन इक्षा मा कमि हुने वा लिङ्ग उत्यजना मा आउने समस्या का कारण केलाएर हेर्दा मानसिक कारण नै प्रमुख देखिएका छन् | चिन्ता, अबसाद, तनाब तथा थकाई ले यौन इक्षा मा कमि आउछ वा सम्भोग मा नकारात्मक असर पर्छ | खराब अन्तरव्यक्ति सम्बन्ध पनि एसको कारण हुन्छ | त्येसैगरी कतिपय शारीरिक बिकार वा रोग पनि एसको कारण हुन सक्छ | यस्ता कारण हरु मा यौन इक्षा उत्पन्न् गराउने हर्मोन को कमि , विभिन्न रोग मा प्रयोग गरिने औषधि हरु अनि स्नायु प्रणाली वा रक्त नलीसंग सम्बन्धित रोग हरु यसको कारण हुन सक्छन |अन्तरनिहित अरण नहाटाई यौन चलचित्र हेरेको भर मा समस्या समाधान हुने कुरा भएन | एउटा सम्झनु पर्ने कुरा के छ भने यस्ता समस्या को उपचार को लागि समय , धैर्य तथा आपसी सहयोग को आबस्यकता पर्दछ | हामी तपाई लाई कुनै यौन बिसेसज्ञ संग सम्पर्क गरि राम्रो संग परामर्स लिन सल्लाह दिन्छौ | यदी तपाइको समस्या को कारणमानसिकता हो भने मनोचिकित्सकहरुले मद्धत गर्न सक्छन |
कान्तिपुर साप्ताहिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *