नियमित यौन सम्पर्क गर्दा महिलालाई हुन्छन् यी ६ फाइदा

एजेन्सी । यौन सम्पर्क मान्छेको जीवनको एउटा स्वभाविक प्रक्रिया भित्र पर्दछ । शारीरिक आनन्द र सन्तुष्टिका लागि होस वा सन्तान उत्पादनका लागि होस मानिसहरु यो कार्यमा संलग्न भईरहेकै हुन्छन् । नियमित यौन सम्पर्क गर्ने महिलालाई क्षणिक शारीरिक सुखका अलवा स्वास्थ्यका दृष्टिकोणले पनि थुप्रै फाईदा हुने तथ्यहरु बाहिर आएकाछन् ।

नियमित यौनक्रियामा सहभागी हुँदा महिलालाई यस्ता फाईदा हुने गर्दछन्

१) शरीका विभिन्न भागमा बिना चोटपटक हुने दुखाइबाट मुक्ति दिन यौन सम्पर्क महिलाका लागि प्राकृतिक ओखती हो । यौनक्रिया गर्दा अक्सिटसिन नष्ट हुन्छ र दुखाइ कम हुन्छ ।

२) डीएचएफ नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षका बेलामात्र प्रवाह हुन्छ । यो चरमोत्कर्ष यौनक्रियाकै बेलामा हुन्छ । यो तत्वले छालालाई स्वस्थ्य राख्न मद्धत गर्दछ । साथै छालाको चमक पनि बढाउँछ ।

३) पाठेघरको क्यान्सर कम गर्ने कार्यमा पनि योन कार्य सहयोगी बन्दछ । पुरुषको लिंग उत्तेजित भएर वीर्य निस्कियो भने प्रोस्टेट क्यान्सरबाट बचाउँछ । त्यस्तै महिलाको योनी उत्तेजित भएर ¥याल निस्कियो भने त्यसले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्छ । सहवासपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।

४) यौनक्रियाले महिलामा हुने तनाव कम गर्छ भने अक्सिटोसिनलाई हटाउन मद्दत गर्ने भएकाले मीठो निद्रा पनि लाग्दछ ।

५) यौनक्रियामा सहभागी महिलाको रोग प्रतिरोधात्मक क्षमतामासमेत वृद्धि हुन्छ साथै महिलाको ज्यान पनिछरितो हुन्छ ।

६) यौन सम्पर्कका क्रममा शरीरमा अक्सिजन र रक्तसंचार बढ्छ । राम्रो रक्तसंचारले स्वास्थ पनि राम्रो हुन्छ ।  महिलाको मुटुको रोगसमेत कम हुन्छ  ।

Image result for यौन सम्पर्क

साभार trisulikhabar

यसमा तपार्इको मत

Leave a Reply

Your email address will not be published. Required fields are marked *