आलिया पागल छिन् : वरुण धवन http://bit.ly/2DRktV5

आश्विन १८, २०७५

वरुण धवन चलचित्र निर्देशकहरूको पहिलो रोजाइ बन्दै गएका छन् । उनले अहिलेसम्म केही ब्लकबस्टर चलचित्र पनि दिएका छन् । यतिबेला उनी अभिनेत्री अनुष्का शर्माका साथ अप कमिङ चलचित्र ‘सुइ धागा– मेड इन इन्डिया’ लाई लिएर निकै चर्चामा छन् ।

यसबीच अभिनेता धवनले आफ्नी नजिककी साथी आलिया भट्टका बारेमा एउटा कुराको खुलासा गरेका छन् । ‘सुइ धागा– मेड इन इन्डिया’ को प्रमोसनका दौरान वरुणले समान पारिश्रमिक लिने कुरा उठाएका छन् । वरुणका अनुसार उनले आजसम्म फ्लप चलचित्र दिएका छैनन् । त्यसैले पनि उनीसँग अरू कलाकारसरह समान पारिश्रमिक लिने हक रहेको बताएका छन् ।

उनले आफ्नी मिल्ने मित्र आलिया भट्टका बारेमा भने— अलिया अहिले पनि आफ्नो अभिनयका हिसाबले एकदमै कम पारिश्रमिक लिन्छिन् । मैले आलियालाई धेरै पटक भनेको पनि छु— तिमी पागल छौ, जो आफ्नो अधिकारको समुचित पारिश्रमिक लिँदैनौ । तिमीले आफ्नो हक लिन जरुरी छ, यो पटक्कै भएन ।’ आलिया भट्ट र वरुण धवनका अधिकांश चलचित्र हिट छन् ।

स्रोत http://saptahik.ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *