बार्सिलोना र पीएसजीको सानदार जित

पेरिस : लियोनल मेसी र नेमारको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना र पीएसजीले युरोपियन च्याम्पियन्स लिगको समूहगत चरणमा ठूलो अन्तरको जित हात पारेका छन् । बार्सिलोनाले समूह ‘बी’अन्तर्गत बिहीबार बिहान भएको आफ्नो दोस्रो खेलमा इङ्लिस टोली टोट्टनहामलाई ४–२ गोलले हरायो । पीएसजीले भने सर्वियाको क्रेइभ्ना भाज्दालाई ६–१ गोलले पराजित ग¥यो ।

च्याम्पियन्स लिगको समूहगत चरणमा बार्सिलोनाको यो लगातार दोस्रो जित हो भने पीएसजीको पहिलो सफलता । पीएसजी अघिल्लो साता भएको आफ्नो पहिलो खेलमा इङ्लिस क्लब लिभरपुलसँग ३–२ गोलले पराजित भएको थियो । बार्सिलोनाले भने पहिलो खेलमा पनि नेदरल्यान्ड्सको पीएसभी आइन्डओभनलाई ४–० गोलले हराएको थियो । जितसँगै बार्सिलोना ६ अंकसहित शीर्ष स्थानमा छ ।

लन्डनस्थित वेम्बली रंगशालामा भएको खेलमा मेसी एक्लैले दुई गोल गरे । उनले थप दुई गोलका लागि अवसर पनि सिर्जना गरिदिए । सन् १९९२ मा पहिलोपटक वेम्बलीमै च्याम्पियन्स लिगको उपाधि जितेको बार्सिलोनाका लागि त्यसयता यो मैदान निकै फाप्दै आएको छ । बार्सिलोनाले दोस्रो मिनेटमै अग्रता लिएको थियो । खेल सुरु भएको ९२औं सेकेन्डमा फिलिप कोउटिन्होले गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए ।

त्यसपछि २८औं मिनेटमा इभान राकिटिचले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै २–० ले अघि बढेको थियो । ५२औं मिनेटमा हेरी केनले टोट्टनहामका लागि जवाफी गोल गरेका थिए । त्यसपछि मेसीले लगातार दुई गोल गर्दै बार्सिलोना महŒवपूर्ण तीन अंक दिलाए । मेसीले खेलको ५६औं र ९०औं मिनेटमा गोल गरेका थिए । उनले इङ्लिस टोलीविरुद्ध हालसम्म २९ खेलमा २२ गोल गरेका छन् । खेलको ६६औं मिनेटमा टोट्टेनहामका लागि अर्जेन्टिनी खेलाडी एरिक लामेलाले अर्काे गोल फर्काएका थिए ।

स्रोत http://annapurnapost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *