फेमिनिजममा विश्वास नगर्ने करिना

फेमिनिजममा विश्वास नगर्ने करिना

मुम्बई : हिन्दी सिनेमाकी नायिका करिना कपुरले आफू फेमिनिजममा विश्वास नगर्ने बताएकी छन्। एक भारतीय मिडियामा अन्तर्वार्ता दिने क्रममा उनले यस्तो बताएकी हुन्। ‘मलाई फेमिनिजम शब्द नै मन पर्दैन’, उनले भनिन्, ‘यद्यपि यही विषयलाई लिएर मिडियाले मेरो ट्रोल बनाए।’
करिना फेमिनिजमको पक्षमा आफू उभिएको ट्याग नलागोस् भन्ने चाहन्छिन्। ‘वास्तवमा म समानतामा विश्वास गर्छु’, उनले भनिन्। फेमिनिजमको पनि हजारौं भर्जन हुने बताउँदै करिनाले भनिन्, ‘प्रत्येक व्यक्ति छुट्टाछुट्टै भर्जनको फेमिनिजम मन पराउँछन्। फेमिनिजमको पक्ष लिनुभन्दा पनि पहिले आफू मानव भएको नाताले एउटै विचारलाई समर्थन गर्छु।’

करिना भन्छिन्, ‘म करिना कपुर हुँ, साथसाथै करिना कपुर खान पनि हुँ र म मिसेज सेफ अलि खान पनि।’ यी नामहरूसँग आफू सहज महसुस गर्ने पनि बताउँछिन्।

सेफ अलि खानसँग आफ्नो जीवन र व्यक्तित्व जोडिएको बताउँदै करिना भन्छिन्, ‘सेफले म जस्तो छु, त्यही रहन स्वतन्त्रता दिएका छन्। यसले मेरो जीवनमा ठूलो महत्व राख्छ।’ – एजेन्सी

स्रोत http://annapurnapost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *