चेल्सीको चौथो स्थानमा ५ अंकको अग्रता

चेल्सीले क्रिस्टल प्यालेसलाई हराउँदै चौथो स्थानमा कायमै रहेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार घरेलु मैदान सेलहर्स्ट पार्कमा क्रिस्टललाई १-० ले हराएको हो। चेल्सीको जितमा एनगोलो कान्टेले निर्णायक गोल गरे।

पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ५१ औं मिनेटमा कान्टेले विजयी गोल गरेका थिए।

यो जितसँगै चेल्सीले अंक तालिकाको चौथो स्थानमा ५ अंकको अग्रता कायम गरेको छ। चेल्सीको २० खेलमा ४३ अंक छ भने पाँचौ स्थानको आर्सनलले २० खेलमा ३८ अंक जोडेको छ। शीर्ष स्थानको लिभरपुलले २० खेलमा ५४ अंक जोड्दा दोस्रो स्थानको सिटीको समान खेलबाट ४७ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *