म्यानचेस्टरको फराकिलो जितमा पोग्वाको दुई गोल

म्यानचेस्टर युनाइटेडले बोर्नामाउथमाथि ४–१ को फराकिलो जित निकालेको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको फराकिलो जितमा पउल पोग्वाले २ तथा मार्कस रासफोर्ड र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए। बोर्नामाउथका नाथन एकेले एक गोल फर्काएका थिए।

खेलको पाँचौ मिनेटमा मार्कुस रासफोर्डको पासमा पउल पोग्वाले गोल गर्दै युनाइटेडलाई सुरूवाती अग्रता दिलाएका थिए। ३३औं मिनेटमा पोग्वाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेलमा अग्रता दोब्बर पार्‍यो।

पहिलो हाफको इन्ज्युरी समयमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाए। तर पहिलो हाफको इन्ज्युरी समयमा नाथन इकेले गोल गरेपछि पहिलो हाफ ३–१ मा सकिएको थियो।

खेलको ७२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई पुन अग्रता तेब्बर बनाए।

यसपछि दुबै टोलीबाट गोल भएन र युनाइटेडले सहज जित निकाल्यो।

जितपछि २० खेलबाट ३५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा यथावत छ। पराजित बोर्नामाउथ २६ अंकसहित १२औं स्थानमा छ।

लिगमा अपराजित रहेको लिभरपुल ५४ अंकसहित शीर्ष स्थानमा रहँदा ४७ अंक जोडेको म्यान्चेष्टर सिटी दोस्रो तथा ४५ अंकसहित टोटनह्याम तेस्रो स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *